विराटनगर, ०४ असार । दुहबी नगरपालिका वडा नं. ११ तनमुनाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाइ सम्बोधनगर्दै प्रमुख अतिथि बेद नारायण गच्छादारले आगामी आर्थिक बर्षका लागी हुने बजेट सम्बोधन सम्भवत अन्तिम हुने जनाएका छन्। २०७४ सालदेखि निरन्तर २ कार्यकाल मेयर बनेर आफुले ब्यतिगत र नितिगत तवरले सकेको भौतिक बिकाश तथा मानबिय बिकाशका दिर्घकालिन, माध्यकालिन र तत्कालिन योजनाहरुलाइ अगाडि बढाउदै बृहत्तर दुहबी निर्माण अभियानमा लागेको जनाउदै उनले कतिपय वडाबासीहरुका चाहान बमोजिमका बिकाश निर्माणमा मनले चाहेर पनि आर्थिक अभावका कारण समेट्न नसकिएको भन्दै बाकि बाटोघाटो को काम आउदो मेयरले गर्न सक्ने बताएका छन्।
मैले बहु आयामिक भौतिक पुर्वाधार खडा गरेको छु, अब बाकि रहेका स्थानमा सडक मात्रै बनाउने काम आउने नया मेयरले गर्ने छ , उनले भने संघिय सरकारले बिकाश बजेट कनिका छरेजस्तो एक एक दाना दिएको छ, जनताका अनन्त आवश्यकता छन बाटोघाटो, सिंचाइ, कृषी, नदिकटान नियन्त्र, शिक्षा, स्वास्थ्य खानेपनी रोजगारी, आत्मनिर्भरतामुखि अन्य जिबिकोपार्जनका कार्यक्रमहरु, सिपमुलक ब्यावसायिकता जस्ता अनन्त माग सम्बोधन गर्न सिमिति श्रोत बाट एकै पटक सम्भव छैन। तसर्थ क्रमिक बिकाश सबैतिर हुदैजाने हुदा बिरोधका लागी बिरोध गरिरहने ब्यक्तिलाइ मेरो केहि भन्नु छैन, खुला छ, म गुनासो सुन्ने ठाउमा सुन्ने छु, उनको भनाइ थ्यो।
वडा अध्यक्ष खडक नारायण उराउको अध्यक्षता मा आयोजित कार्यक्रममा नगर उपप्रमुख मेनुका पोखरेल खतिवडा, वडा अध्यक्ष हरु बिजयकुमार चौधरी, मेहेदी हुसैन लगायत उपस्थिति रहेको थियो।
२०८१/ ०३ / १५ गते सिलन्यास भएको यस वडा कार्यालय भवन निर्माणका लागि दुहबी नगरपालिकाबाट रु २८ लाख तथा वडा कार्यालयबाट रु. १५ लाख गरी कुल रु. ४३ लाख बजेट विनियोजन गरिएको थियो।
कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष खडक नारायण उराँव, वडा सदस्यहरू फुलकुमारी सरवरिया, विनोद कुमार साहु, पवन कुमार ऋषिदेव तथा उजारी देवी थरुनीको उपस्थिति रहेको थियो। साथै दुहबी नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका वडा अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू, नगर प्रहरी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
