०५ आषाढ २०८३, शुक्रबार

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

Logo
आजको अपडेट शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौँ, ५ असार । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् । जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् ।

नियमिततर्फ यस वर्ष तीन लाख ३२ हजार दुई सय ४१ र आंशिकतर्फ ८५ हजार नौ सय २९ गरी कूल चार लाख १८ हजार एक सय ७९ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

तीमध्ये नियमिततर्फ दुई लाख ३१ हजार सात सय ७० र आंशिकतर्फ ३६ हजार चार सय २० जना गरी कूल दुई लाख ६८ हजार एक सय ९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300