१० जेठ २०८२, शुक्रबार

अध्यक्ष लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान

Logo
आजको अपडेट शनिबार, आश्विन ०५, २०८१

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसको कार्यक्रममा सहभागी हुन प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलमा पार्टी प्रमुख सचेतक ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य हिक्मतजंग कार्की र अध्यक्ष लिङ्देनका श्रीमती सीता थापा छन् ।

पानसको आयोजनामा यही असोज ७ र ८ गते लन्डन र स्कटल्यान्डमा हुने कार्यक्रममा उनीहरु सहभागी हुनेछन् । प्रतिनिधिमण्डलले त्यहाँस्थित उच्च तहका नेताहरुसँग भेटघाट तथा नेपाली समुदायसँग छलफल गर्ने जनाइएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार यही असोज १० गते भ्रमण टोली स्वदेश फिर्ता हुनेछ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300