१० जेठ २०८२, शुक्रबार

सुनको मूल्यमा फेरि कीर्तिमान, तोलामा ३०० ले बढ्यो

Logo
आजको अपडेट बिहिबार, आश्विन १०, २०८१

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएर बुधबारको रेकर्ड तोडेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300