११ जेठ २०८२, शनिबार

तालिम प्रदायक आफ्नो पहिचान र अस्तित्व खोज्दै मन्त्रालयमा

Logo
आजको अपडेट शुक्रबार, आश्विन ११, २०८१

इनरुवा । ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेशले आफ्नो अस्तित्व र पहिचानका लागि सामाजिक मन्त्रालय कोशी प्रदेशमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

बुधबार सामाजिक विकास मन्त्री पाँच कर्ण राई सम्क्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

६ बुँदे ध्यानाकर्षण पत्रमा तालिम प्रदायकहरुको समस्या, अस्तित्व र पहिचानको विषयमा उल्लेख गरिएको छ ।

नेपाल सरकार तथा सम्बन्धित निकायले सीप मुलक तालिमका लागि वर्षेनी ठुलो मात्रामा बजेट लागानी गरेतापनि लक्षित समुह सम्म सो बजेट नपुग्ने र राज्यले प्राविधिक रुपमा सीप मुलक तालिम सञ्चालनकालागि तालिम प्रदायक संस्थाहरुलाइ स्विकृति दिएतापनि NGO, INGO हरुको हालिमुहाली रहेको कुरा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा CTEVT ले स्विकृत गरेको पाठ्यक्रममा नै सम्पुर्ण सीप मुलक तालिम कार्यक्रमहरु संचालन गर्नुपर्ने उल्लेख गरिएको छ भने स्थानीय तहले स्थानीय युवाहरु लाइ स्वरोजगार तथा रोजगारीकालागि लक्षित गरि सञ्चालन गरिने सम्पुर्ण स्वरोजगारमुखि सीप विकास तालिम कार्यक्रमहरु तालिम प्रदायकको समन्वयमा संचालनहुनु पर्नेमा जोड दिएको छ ।

सरकारी निकायबाट प्राविधिक तर्फको रोजगारीकालागि माग गरिएको आवेदनहरुमा व्यापक अस्पष्टता भएको पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्रमा सीप युक्त बैदेशिक रोजगारी, सीप परीक्षणको मापदण्डमा हुने जटिलतालाइ समेत जोडिएको छ ।

त्यसैगरी मन्त्री राई सम्क्ष ध्यानाकर्षण पत्र संगै संघले ८ बुँदे अनुरोध समेत गरेको छ ।

कोशी प्रदेश भरिका सम्पुर्ण CTEVT सम्बन्धन प्राप्त तालिम प्रदायक संस्थालाइ मन्त्रालयमा सुचीकृत गराउने प्रावधान मिलाइ सम्पुर्ण निकायमा परिपत्र गर्नकालागि अनुरोध गरिएको छ भने मन्त्रालयको‌ पहलमा बेरोजगारीको अवस्थालाइ न्युनिकरण गर्न व्यापक रुपमा रोजगारीमुलक सीप सिक्नकालागि जनचेतनामुलक अभियान संचालनकालागि संघले जोड दिएको छ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले ध्यानाकर्षण पत्र बुझ्दै सम्पुर्ण विषयहरूमा गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान गर्ने बताउनुभएको छ भने चाडै नै सम्पुर्ण सरोकारवाला निकायहरुलाई डाकि अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने र यथासिघ्र सुचिकृतको समेत व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

ब्यावसायिक सीप तथा तालिम प्रदायक संघ कोशी प्रदेश CTEVT सम्बन्ध प्राप्त तालिम प्रदायक संस्थाहरुको छाता संगठन हो ।

दशकौं देखि CTEVT सम्बन्ध प्राप्त गरि कोशी प्रदेशको विभिन्न जिल्ला र स्थानहरूमा सुविधा सम्पन्न भौतिक पूर्वाधार सहितको सीप मुलक तालिमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300