२३ आषाढ २०८२, सोमबार

चाडपर्वको बेला जुवातास जाँड रक्सी सेवन, लागुऔषधको प्रयोग नियन्त्रण गर्न आवश्यक छ

प्रदेश प्रहरी प्रमुख खापुङद्वारा चाडपर्वमा जरुरी सुरक्षा व्यवस्था गर्न निर्देशन
Logo
आजको अपडेट बिहिबार, आश्विन १७, २०८१

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले दशैं लगायत चाडपर्व प्रदेशका आम नागरिककालागी मर्यादित, सुरक्षित र भयरहित वातावरण बनाउने कार्यमा भूमिका खेल्न जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरबाट घटस्थापनाको पूर्वसन्ध्या बुधवार भर्चुअल माध्यमबाट प्रदेश प्रहरी प्रमुख खापुङले जिल्ला प्रमुखहरू, इलाका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देश दिएका हुन ।

उनले चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, कालोबजारी नियन्त्रण, खुल्ला सीमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतीसबाजी तथा पटका जन्य पदार्थहरूको ओसार पसारलाई नियन्त्रण गर्न सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच गर्न निर्देशन दिएका छन् ।

प्रदेश प्रहरी प्रमुख खापुङले भने ‘चाडपर्वको बेला खेलिने तास, जुवा, जाँड रक्सी सेवन, लागुऔषधको प्रयोगलाई पुर्णरुपमा नियन्त्रण गर्न आवश्यक छ ।’

यसैबेला फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रताका साथ कार्यान्वयन गर्न, मापसे चेकिङलाई कडाइका साथ निरन्तरता दिन र विशिष्ट व्यक्तिहरूको सुरक्षा तथा महत्त्वपूर्ण प्रतिष्ठानहरूको सुरक्षामा ध्यान दिन पनि निर्देशन दिएका छन् ।

चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरूको आवतजावत बढी हुने हुँदा यात्रुहरूको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी आवागमनलाई थप सहजता बनाउन र दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन आवश्यक रहेको निर्देश दिएका छन् ।

प्रहरी प्रमुख खापुङले मौशाम प्रतिकुलताको कारण बाढी, पहिरो, डुबान जस्ता बिपदका घटनाहरू भइरहेको अवस्थामा प्रहरी संवेदनशील भई अन्य सुरक्षाका निकायहरूसँग समेत समन्वय र सहकार्य गरी भएको सीमित साधन स्रोतको अधिकतम प्रयोग सहित परिचालन हुन निर्देशन दिएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300