२१ जेठ २०८३, बिहिबार

कुशवाहा राष्ट्रसेवकको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Logo
आजको अपडेट आइतबार, आश्विन २०, २०८१

विराटनगर । कुशवाहा राष्ट्रसेवक समाज नेपालले सम्मान, स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
युवाको साथ अग्रजको सम्मान, समृद्ध समाजको निर्माण नाराको साथ कुशवाहा राष्ट्रसेवक समाज नेपालले दशै तिहार र छठ पर्वको अवसर तथा संस्थाको वार्षिकोत्सबको अवसरमा शनिबार विराटनगरको एक होटलमा भव्य कार्यक्रम आयोजना गरि सम्मान स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको कुशवाहा राष्ट्रसेवक सेमाज नेपालका अध्यक्ष राम खेलौन मेहताले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तथा कोशी प्रदेश सभा सदस्य राम प्रसाद मेहताले कुशवाहा समाज चलाउन २०४७ सालदेखि निरन्तर लागि रहेको छौं । संस्था चलाउन पद नै चाहिन्छ भने जरुरी छैन । मेहताले भन्नुभयो :- तर दु:ख तब हुन्छ उदाहरण दिदै हलो जोत्ने बेलामा गोरुले सिमा नाघ्न थालेपछि हलो जोत्नेले लठ्ठी चलाउछ अर्थात समयमै ध्यानाकर्षण गराउछ । त्यस्तै यो संस्था डोर्‍याउनका लागि समयमै ध्यान दिनुपर्छ ।
अवकाश भइसकेका कुशवाहा समाजका राष्ट्रसेवक कर्मचारी तथा अग्रज सँग धेरै गुण र अनुभव छ । त्यो अनुभव हामीलाई आवश्यक रहेको प्रदेश सभा सदस्य मेहताले बताउनुभयो ।
मेहताले भन्नुभयो :- तपाईहरु कर्मचारी भएको बेला उच्चस्तरीय कर्मचारी, नेताहरु सँग कुरा अर्थात डिल कसरी गर्नुहुन्थ्यो त्यस्तो गुणको अहिलेको कुशवाहा समाजका नयाँ राष्ट्रसेवक कर्मचारी र हामीलाई जरुरी छ । त्यसको जिम्मेवारी अवकाश हुनुभएकाले लिनुपर्छ । अनि मात्र कुशवाहा समाज अगाडि बढ्न सकिन्छ ।
त्यस्तै कार्यक्रममा सुनसरी जिल्लाका समन्वय समितिका प्रमुख राजन मेहताले रावनलाई मार्ने रामको छोरा कसरी पिछडा वर्ग भयो । यसको लागि आन्दोलनको सुरुवात गरौँ । पिछडा वर्गबाट कोइरीको नाम हटाउनुपर्छ प्रमुख मेहताले भन्नुभयो । मेहताले यदि तपाईंहरु आफुलाई पिछडा वर्ग भन्न रुचाउनु हुन्छ भने म सहमत छुइन । म क्षेत्रीको छोरो हुँ म कोइरीको छोरो हुँ भन्ने शानले भन्नू । राजन मेहताले भन्नुभयो म पनि उचित समयको तलासमा छु कोइरीको लागि आन्दोलन मबाटै सुरुवात हुन्छ तपाईंहरु सहयोग गर्नुहोला मेहताले आग्रह गर्नुभयो । हामी कोइरी पिछडा वर्गको होइन । हामी अरु क्षेत्री भन्दा कम छैनौं ।
त्यसैगरी सह-सचिव राम चरित्र मेहताले हामी जतासुकै रहे पनि कुशवाहा समाजको लागि एक भएर जानुपर्छ । आफ्नो आफ्नो ठाउँबाट कसरी कुशवाहा समाजलाई अगाडि बढाउन सकिन्छ, कसरी संगठित गर्ने सम्बन्धमा एक भएर कार्य गर्नुपर्छ । उपसचिव मेहताले भन्नुभयो काठमाडौंमा बनिरहेको धर्मशालामा सबैले सहयोग गर्नुपर्छ हामी पनि सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता, डा. सुरेश मेहता, प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा अवकाश भएका ८६ जना, नव प्रवेशी  ३५ जना, किसान १ जना, एस ई ईमा उत्कृष्ट नतिजा ल्याउने कुशवाहा विद्यार्थी १ जना, डाक्टर ३ जना,अधिकृत ५ जना र प्राध्यापक डाक्टर ३ जना गरि १३४ जनालाई सम्मान गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300