१३ साउन २०८३, बुधबार

कुवेत र बहराइनद्वारा इरानी हवाई आक्रमण विफल पारेको दाबी

Logo
आजको अपडेट बुधबार, आषाढ ३१, २०८३
कुवेत सिटी, ३१ असार (रासस\एएफपी):

कुवेत र बहराइनले बुधबार इरानबाट गरिएका हवाई आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । इरान र अमेरिकाबीच होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर सैन्य तनाव चर्किरहेका बेला यी घटना भएका हुन् ।

कुवेतको सेनाले आक्रमणकारी ड्रोनहरू अवरोध गरी निस्तेज पारिएको जनाएको छ । सेनाले उक्त घटनालाई ‘इरानको आक्रामक गतिविधि’को परिणाम भन्दै निन्दा गरेको छ । बहराइनको सेनाले पनि इरानबाट गरिएका धेरै हवाई आक्रमणलाई सफलतापूर्वक अवरोध गरी नष्ट गरिएको जनाएको छ ।

यसअघि बुधबार बिहान बहराइनको गृह मन्त्रालयले क्षेप्यास्त्र तथा हवाई आक्रमणको चेतावनी साइरन बजाउँदै नागरिक तथा बासिन्दालाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरेको थियो । यसैबीच, इरानको सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले इरानमाथि आक्रमण गरेपछि त्यसको जवाफस्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य लक्ष्य तथा बहराइनमा रहेको अमेरिकी पाँचौँ नौसैनिक बेडालाई लक्षित गरी छुट्टाछुट्टै आक्रमण गरेको दाबी गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300