२१ जेठ २०८३, बिहिबार

फरार लेडी इन्स्पेक्टर शाही फेसवुकमा सकृय, पत्रकारको पोष्टमा कमेन्ट गरेर भनिन्– म यतै छु

Logo
सन्तोष मेहता मंगलबार, कार्तिक ०६, २०८१

विराटनगर । मोरङ घर भई ललितपुरको इमाडोल बस्दै आएका जग्गा व्यवसायीलाई ‘हनि ट्रयाप’ मा फसार ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप लागेपछि भैँसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर विनुकुमारी शाही फरार छिन् ।

तर, प्रहरीले फरार भनेको र पक्राउ पुर्जी जारी भएपछि पनि उनी सामाजिक सञ्जालमा सकृय रहेको भेटिएको छ। पक्राउ अनुमति जारी भइसकेपछि कञ्चनपुरका पत्रकार टेकसिंह धामीको फेसबुक स्ट्याटसमा उनले कमेन्ट गरेकी छिन् ।

शाही फरार भएको भन्दै लेखिएको स्ट्याटसमा उनले ‘म यतै छु भाइ, चिन्ता नगर’ भन्दै कमेन्ट गरेको भेटिएको छ। तर, केही समयपछि नै उक्त कमेन्ट उनले आफैं हटाएकी छिन्। यता, प्रहरीले इन्सपेक्टर शाहीलाई खोज्न कालिकोट प्रहरीलाई पत्राचार गरेको छ ।

उनको स्थायी घर कालिकोट भएकाले खोजतलास गर्न भन्दै पक्राउ अनुमतिसहित पत्र पठाईको ललितपुर प्रहरीले जनाएको छ। अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार यो प्रकरणमा शाहीसहित इटहरीका दर्शन पोखरेल पनि फरार छन् ।

ताज स्लाम, प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल (इन्स्पेक्टर शाहीका गाडी चालक), सुनसरीको इटहरीकी सुष्मा विक र भीमादेवी थापा (बुढाथोकी) प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300