२१ जेठ २०८३, बिहिबार

सुनसरीमा बालविवाह गराएको आरोपमा चिनियाँ नागरिकसहित ८ पक्राउ

Logo
आजको अपडेट शुक्रबार, कार्तिक ०९, २०८१

विराटनगर । विदेशी नागरिकसँग बालविवाह गराउने बाबुसहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बाल विवाह गराउने उनीहरूलाई सुनसरीको चतराबाट पक्राउ गरिएको हो ।

बालिकालाई चिनको हुबेल बस्ने ३३ वर्षीय ली टेङ्सँग बाल विबाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका मानिसहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको डिएसपी तिमल्सिनाले बताए ।

छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु, बेहुला चाइनिज नागरिक लि टेङ्, उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्री विक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, अरु दुई चाइनिज नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानूनी व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा २० वर्ष नपुगी विवाह गर्न÷गराउन नपाउने उल्लेख छ । साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिबाना हुने व्यवस्था छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300