१० जेठ २०८२, शुक्रबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

Logo
आजको अपडेट आइतबार, कार्तिक ११, २०८१

विराटनगर । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज अमेरिकासँग खेल्दैछ । यो खेल डालासमा राति सवा नौ बजे शुरु हुँदैछ । खेलको लागि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले हिजो रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ ।

टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल रहेका छन् । देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित शृङ्खला अस्तिदेखि शुरु भएको हो ।

पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हराएको थियो । अघिल्लो महिना क्यानडामा भएको त्रिदेशीय शृङ्खला सकेर नेपाल अमेरिका पुगेको हो । क्यानडामा भएको खेलमा नेपालले एउटा खेल पनि जित्न सकेको थिएन ।

लिग–२ मा आठ खेलमा तीन अङ्कसहित नेपाल पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका दोस्रो र स्कटल्याण्ड चौथो स्थानमा छन् । १६ अङ्कसहित क्यानडा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300