१२ साउन २०८३, मंगलबार

मीना सुनारको उद्धार

Logo
आजको अपडेट बुधबार, साउन ०६, २०८३

गण्डकी, ६ साउन।   रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले काठमाडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुर्‍याएको छ । मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी हुनुभएकी उहाँलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो ।

त्यहाँ उहाँको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिनुभयो । “स्वास्थ्य परीक्षणका क्रममा उहाँको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पठाइएको छ”, उहाँले भन्नुभयो।

सुनारले प्राकृतिक रुपमै शिशुलाई जन्म दिनुभए पनि गएरातिदेखि अत्यधिक पेट दुख्नेलगायत समस्या देखिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300