१२ साउन २०८३, मंगलबार

चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु

Logo
आजको अपडेट बुधबार, साउन ०६, २०८३
सान्टियागो (चिली) ६साउन (रासस/ एएफपी) :

चिलीमा भारी वर्षाका कारण आएको आँधीमा परी कम्तिमा १३ जनाको मृत्यु भएको जनाइएको छ । आँधीका काराण करीव ६० हजार किलो मिटर भन्दा बढी सडकहरू प्रभावित भएको जनाउँदै सरकारी अधिकारीहरूले राहत तथा उद्धार प्रयास मार्फत आधारभूत सेवाहरू पुनस्र्थापना गर्नमा ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन् ।

गत जुलाई –१५ मा देशको दक्षिणी भागबाट सुरु भएको आँधीले कोकिम्बो र अटाकामाको सामान्यतया सुक्खा क्षेत्रहरूमा प्रहार गरेको जनाइएको छ । चिलीको सेनाप्रेड राष्ट्रिय आपतकालीन सेवाका निर्देशक एलिसिया सेब्रियनले पत्रकारहरुसँगको साक्षातकारमा १३ जनाको मृत्यु भएको पुष्टि गर्दै सात जना बेपत्ता भएको बताउनुभएको छ ।

वर्षाका कारण करिब दुई हजार ८०० घरहरू क्षतिग्रस्त भएको तथा पानी र हिलो माटोले अवरुद्ध भएका नदी र सडकहरूले धेरै सहरहरू प्रभावित भएको चिली सरकारले जनाएको छ । प्रत्यक्ष दर्शी तथा प्रभावितहरुले आँधीले आपतकालिन अवस्था सिर्जना गरेको बताएका छन् भने कोकिम्बोका नेता प्याट्रिसिया अलबोर्नोजलाई उदृत गर्दै नदीहरुमा अस्वभाविक गतिमा बाढी आएको एएफपीले जनाइएको छ ।

आन्तरिक मन्त्री क्लाउडियो अल्वाराडोले वर्षा कम हुने अपेक्षा गरिएको भएता पनि उच्च बहाव सहित बगेका नदीे किनार र खोलाहरूका कारण अझै पनि जोखिम कायमै रहेको बताउनुभएको छ । राष्ट्रपति जोस एन्टोनियो कास्टले प्रभावित क्षेत्रमा आपतकालको घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300