१२ साउन २०८३, मंगलबार

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु

Logo
रासस बिहिबार, साउन ०७, २०८३

गण्डकी, ७ साउन । बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उहाँलाई बुधबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो । अस्पताल पु¥याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेको जनाइएको छ ।

गम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल ल्याइएकामा त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले बताउनुभयो । मङ्गलबार बोहरागाउँ स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी उहाँलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो ।

बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्ररीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो । उहाँ प्राकृतिक रुपमा सुत्केरी भएको र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । सुरुमा काठमाडौँ लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300