०९ जेठ २०८२, बिहिबार

विराटनगर किंग्सको आधिकारिक जर्सी सार्वजनिक

Logo
आजको अपडेट बुधबार, मंसिर ०५, २०८१

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

विराटनगर किंग्सका खेलाडी सन्दिप लामिछानेले मंगलबार जर्सि सार्वजनिक गरेका हुन् ।

विराटनगर किङ्ग्सले ब्रान्ड एम्बास्डर तथा र्‍यापर कुशल पोखरेलको आवाजमा बनेको एन्थम पनि सार्वजनिक गरे । त्यसैगरी द फेस अफ विराटनगरका रूपमा गायिका रचना रिमाललाई सार्वजनिक गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एनपीएलमा विराटनगर किंग्सले सफलता पाउने बताए । खेलाडीको मनोवल बढाउन प्रदेश सरकार लागि पर्ने बताए । खेलाडीको मनोवल बढाउन प्रदेश सरकारले खेलाडीको उच्च सम्मान गर्दै खेलकुदको विकास गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा बोल्दै सन्दिपले खेलप्रति दर्शकको माया र साथले ट्रफि जितेर ल्याउने बताए । कोशि प्रदेशको प्रतिनिधित्व गर्दै सबैको सफलताले हामी अगाडि बढने बताए ।

विराटनकगर किंग्सका मालिक पारस लुनियाले क्रिकेट क्षेत्को बिकास सबै लाग्नुपर्ने बताए । ञखेल पनि उद्योग हो । जति लगानी गर्यो तेसै गरि अगाडि बढ्यौं त्यसको बिकास हुदै जाने हो,ञ उनले भने । एनपिएल देशको सम्पत्ति भएकोले यसलाई संरक्षण गरेर लैजानु पर्ने बताए । खेलाडीलाई पेनसल सुविधा राज्यले दिनुपर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले एनपिएलमा उच्च मनबोललको साथ खेलेर राम्रो नतिजा ल्याउने विश्वास गरेको बताए । तीन तहको सरकारले खेलकुद क्षेत्रको विकाशमा ध्यान दिनुपर्ने बताए ।

जर्सी अनावरन कार्यक्रममा विराटनगर किंग्सका खेलाडीहरु लोकेस चन्द, दिपक बोहोरा, सुवास भण्डारी, बिनोद गुरुङ, प्रतिस जिशी, सामाजिक विकासमन्त्री पाँचकर्ण राई, प्रदेश सांसद भीम पराजुली, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300