१२ साउन २०८३, मंगलबार

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

Logo
आजको अपडेट आइतबार, साउन १०, २०८३
किन्शासा, १० साउन (रासस/सिन्ह्वा):

पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा ‘एलाइड डेमोक्रेटिक फोर्सेस’ (एडीएफ)ले पछिल्लो ७२ घण्टामा गराएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ३२ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको सहयोगमा डीआरसीमा सञ्चालित ‘रेडियो ओकापी’का अनुसार आक्रमण माम्बासा क्षेत्रका गाउँमा भएका हुन् । थप पीडितको खोजी तथा पहिचानकार्य जारी रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्थानीय नागरिक समाजका प्रतिनिधिले बताएका छन् ।

आक्रमणपछि प्रभावित गाउँ तथा आसपासका क्षेत्रमा विस्थापनको नयाँ लहर देखिएको छ । थप हिंसाको त्रासमा स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ पलायन भएका छन् । शनिबार अबेरसम्म स्थानीय अधिकारी तथा डीआरसीको सशस्त्र बलले पछिल्ला आक्रमणबारे आधिकारिक प्रतिक्रिया दिएका थिएनन् ।

स्थानीय नागरिक समाज संस्थाका अनुसार एडीएफले यस वर्ष मार्चयता माम्बासा क्षेत्रका करिब २० गाउँमा १०० भन्दाबढी मानिसको हत्या गरिसकेको छ । मध्यअफ्रिकामा इस्लामिक स्टेटसँग आबद्ध एडीएफ युगान्डाको विद्रोही समूह हो, जुन लामो समयदेखि पूर्वी डीआरसीमा सक्रिय रहँदै आएको छ । समूहको गतिविधि नियन्त्रण गर्न तथा त्यसलाई निस्तेज पार्न डीआरसी र युगान्डाका सेनाले सन् २०२१को नोभेम्बरदेखि संयुक्त सैन्य कारबाही सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300