१३ साउन २०८३, बुधबार

सामान्य बन्दै सुनसरी, राजमार्ग क्षेत्रको कर्फ्यु हटाइयो

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

१२ साउन, विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा कर्फ्यु हटाएको छ । प्रशासनले यही साउन १२ गते मध्यराति सवा १२ बजेदेखि राजमार्ग क्षेत्रमा कर्फ्यु हटाएको हो ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि कर्फ्यु जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पूर्वमा इनरुवा नगरपालिका ३ र ६ को सिमाना (महेन्द्र राजमार्ग अन्तर्गतको घोपाली टोल), पश्चिममा कोशी ब्यारेज पुल तथा उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्रसम्म कर्फ्यु हटाइएको हो ।

कप्तानगञ्ज क्षेत्रमा भने कर्फ्यु जारी छ ।

कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिनका लागि गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । छानबिन टोली सोमबार राति विराटनगरमा पुगेको छ । टोलीले विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300