१३ साउन २०८३, बुधबार

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

भद्रपुर (झापा), १२ साउन।  झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै मनसुन सक्रिय भई पर्याप्त वर्षा भएपछि यस वर्ष रोपाइँले अपेक्षाकृत गति लिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीका अनुसार सोमबारसम्म जिल्लाभर करिब ८८ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो ।

उहाँका अनुसार दमक नगरपालिका र कमल गाउँपालिकामा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा कम ७५ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा सामान्यतया असारको पहिलो सातादेखि धान रोपाइँ सुरु भई साउनको अन्तिमसम्म जारी रहने गर्छ । असार १५ देखि साउन १५ गतेसम्मको अवधिलाई मुख्य रोपाइँको समय मानिन्छ ।

यस वर्ष मनसुन समय–समयमा सक्रिय रहँदा किसानले रोपाइँ गर्न सहज वातावरण पाएका छन् । जिल्लामा करिब ७५ हजार ४५९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300