१३ साउन २०८३, बुधबार

एकै स्थानमा ३५० भन्दा बढी सङ्गीतकर्मी एवं साहित्यकारका तस्बिर

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

बागमती, १२ साउन ।  झट्ट सुन्दा अचम्म लाग्न पनि सक्छ । हेटौँडाको हरिकुञ्ज रोडस्थित पिएम सेन्टर सङ्गीत विभागमा एकै ठाउँमा करिब ३५० जनाभन्दा बढी सङ्गीतकर्मी, कलाकर्मी एवं साहित्यकारका तस्बिर देख्न सकिन्छ ।

सङ्गीतका क्षेत्रमा साढे पाँच दशकयता निरन्तर लागिरहनुभएका पिएम सेन्टर सङ्गीत विभागका अध्यक्ष एवं वरिष्ठ सङ्गीतकार प्रमेन्द्र महर्जन साहित्य, कला र सङ्गीतमा योगदान गर्ने अग्रजको इतिहासको सम्मान तथा वर्तमान पुस्ताका लागि प्रेरणा दिने लक्ष्यसँगै सङ्गीत, कलाकारिता एवं साहित्यका क्षेत्रमा क्रियाशील व्यक्तिहरूका तस्बिर एक÷एक गरी सङ्कलन गरिहनुभएको छ ।

वरिष्ठ सङ्गीतकर्मी गणेश ओस्ताद, नारायण गोपालदेखि वर्तमानका चासो र चर्चा कमाइरहेका नवोदित सङ्गीतकर्मीसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नवोदित साहित्यकार समेतका तस्बिरहरूलाई उहाँले फ्रेमिङ गर्दै आउनुभएको छ ।

विगत छ वर्षदेखि सङ्गीतकर्मी, कलाकर्मी तथा साहित्यकारहरूका तस्बिरहरू सङ्कलन गर्न सुरु गरेको बताउँदै उहाँले यस अभियानलाई आगामी दिनमा पनि निरन्तर रुपमा अघि बढाउने बताउनुभयो । “मैले इतिहासमा विशिष्ट योगदान पु¥याएका अग्रज स्रष्टासँगै नयाँ पुस्ताका स्रष्टा समेतका तस्बिरलाई विभिन्न माध्यमबाट खोजेर सङ्कलन गरिहेको छु”, उहाँले भन्नुभयो, “यस अवधिमा करिब ३५० तस्बिर सङ्कलन भइसकेका छन् ।

” आफ्नै निवासमा राखिएको पिएम सेन्टर सङ्गीत विभागको कार्यालयमा सङ्कलित तस्बिरहरू रहेको र हाल भवन निर्माणका क्रममा रहेका कारण निर्माण सम्पन्न भएसँगै तस्बिरहरूलाई थप व्यवस्थित गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300