१२ साउन २०८३, मंगलबार

प्रहरीद्वारा भन्सार छली गरेर ल्याइएका सिलाइ सामग्री बरामद

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

सुदूरपश्चिम, १२ साउन । कैलालीको भजनी नगरपालिका–५ स्थित गुलरिया घाट नजिकबाट प्रहरीले भन्सार छली गरी ल्याइएका रु तीन लाखभन्दा बढी मूल्यका सिलाइसम्बन्धी सामग्री बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी सहायक हवल्दार केशव साउदको कमान्डमा खटिएको टोलीले आज बिहान जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा रहेको रु तीन लाख चार हजार बराबरका सामान फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

बरामद गरिएका सामग्रीमा लुगा सिलाउन प्रयोग हुने धागो, फास्टेनिङ टेप, निडल प्लेट, ड्रेस हुक, पिटम्यान सेट, निडल होल्डर, ट्रेडल स्क्रु, सिलाइ मेसिन मोटर, ट्राउजर हुक, धागो काट्ने कैची तथा बटनलगायतका सामग्री रहेका छन् ।

सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी राजस्व अनुसन्धान तथा भन्सार कार्यालयमा बुझाइने र सीमावर्ती क्षेत्र भएर हुने भन्सार छली नियन्त्रणका लागि नियमित गस्ती तथा निगरानी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300