१२ जेठ २०८२, आइतबार

बिरामी तीन दिन सम्म सामान्य थिए, एनेस्थेसिया दिएपछि मात्र अवस्था बिग्रियो – मृतकका आफन्त

Logo
सन्तोष मेहता शनिबार, मंसिर ०८, २०८१

सन्तोष मेहता सुनसरी । मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका फुलेश्वर मेहताको मृत्यु प्रकरणमा थप विवरण सार्वजनिक भएको छ । मृतकका आफन्तका अनुसार बिरामीको अवस्था सुरुका तीन दिन सामान्य रहेको र एनेस्थेसिया दिएपछि मात्रै बिग्रिएको हो ।

दुर्घटनामा मेहताको टाउकोमा सामान्य चोट, हातको औंला भाँचिएको र खुट्टामा सामान्य चोट लागेको थियो । भोक्राहा नरसिंह गाउँपालिका वडा न ४ मा रहेको सप्तकोशी न्यूरो अस्पतालमा भर्ना भएका तीन दिनसम्म उनको अवस्था सामान्य रहेको र नियमित खानपिन समेत गरिरहेको आफन्तले बताएका छन् ।

“तीन दिनसम्म बिरामीको अवस्था राम्रै थियो । खाना पनि नियमित खान्थे । तर एनेस्थेसिया दिएपछि अचानक अवस्था बिग्रियो,” मृतकका आफन्तले भने ।

यसअघि मृतक पक्षले अस्पतालले बिराटनगर रेफर गर्न अस्वीकार गरेको र बि एण्ड सी अस्पतालको रेफर दिने वा सोही अस्पतालका चिकित्सक बोलाएर उपचार गर्ने भन्दै टारेको आरोप लगाएका थिए । बिरामीको अवस्था जटिल बनेपछि नोबेल अस्पताल लगिएकोमा त्यहाँ पुग्ना साथ मृत्यु भएको थियो ।

हाल मृतकको शव धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । पोष्टमार्टम रिपोर्ट प्राप्त गरेपछि आफन्तले सप्तकोशी न्यूरो अस्पताल घेराउ गर्ने चेतावनी दिएका छन् । सप्तकोशी न्यूरो अस्पतालले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उपचारमा कुनै लापरवाही नभएको दाबी गरिरहेको छ । अहिले मृत्यु भएका फुलेश्वर मेहताको विषयमा सप्तकोशी न्यूरो अस्पतालमा मृतक पक्षसँग वार्ता भइरहेको छ ।

प्रहरीले दुर्घटना गराउने गाडी चालक र अस्पतालको लापरवाहीबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300