१२ साउन २०८३, मंगलबार

अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३

महेन्द्रनगर, १२ साउन ।  कञ्चनपुर प्रहरीले अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो दोधारा– चाँदनी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकैबाट १८ क्युफिट पाँच गोलिया काठ बरामद गरिएको हो ।

त्यसैगरी, प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा अवैध रूपमा ढुङ्गा ओसारपसार गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार कृष्णपुर नगरपालिका–१ स्थित ओदाली खोलाबाट अवैध रुपमा ढुङ्गा निकाली ल्याउँदै गरेको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाका पुष्कर चौधरी र प्रकाश चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि शुक्लाफाँटा नगरपालिका कार्यालय बुझाइएको कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300