१२ साउन २०८३, मंगलबार

चीनमा समुन्द्रमा डुबेको जहाजबाट ४८ जना भियतनामीको उद्धार

Logo
आजको अपडेट मंगलबार, साउन १२, २०८३
हनोई (चीन) (रासस/सिन्ह्वा) :

दक्षिण चीनको समुन्द्रमा डुबेको भियतनामी जहाज खोइ गुयेन –१८ बाट ४८ जना भियतनामीहरुको उद्धार गरिएको जनाइएको छ । हाल उनीहरु आ–आफ्नो घरमा फर्किरहेकोसमेत स्थानीय दैनिक भ्वाइस अफ भियतनामले भियतनामी विदेश मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार रिपोर्ट गरेको छ ।

मन्त्रालयको नागरिक सुरक्षा अपडेटका अनुसार सोमबार सम्म खोज र उद्धार कार्यमा कुल ४८ जनालाई उद्धार गरिएको थियो । भियतनामी अधिकारीहरूले उद्धार गरिएको जिवित व्यक्तीहरुलाई चिनियाँ पक्षले उद्धार गरी चिकित्सा सेवा प्रदान गरेको मन्त्रालयले जनाएको छ । भियतनामी अधिकारीहरूले बेपत्ता भएका व्यक्तिहरूको खोजी जारी राखेको रिपोर्ट गरिएको छ ।

६२ जना यात्रु बोकेको भियतनामी झण्डा बहाक जहाज खोई गुयेन –१८ दक्षिण चीन सागरको नान्सा टापुहरूको योङ्सु रिफ नजिकैको पानीमा प्रतिकूल मौसमका कारण डुबेको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300