१० जेठ २०८२, शुक्रबार

नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल श्रीलङ्कासँग ७० रनले पराजित

Logo
आजको अपडेट शनिबार, मंसिर ०८, २०८१

विराटनगर । नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काले दिएको १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय २५ रन मात्र बनाउन सक्यो ।

यसअघि पाकिस्तानमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले ४ विकेट गुमाएर १ सय ९५ रन बनायो । श्रीलङ्काका दमिथ सन्दारुवानले नटआउट सय रन बनाए । नेपालका सुनिल राना मगर र सुनिल सुवेदी क्षेत्रीले १/१ विकेट लिए ।

नेपालले दोस्रो खेलमा भोलि बङ्गलादेशसँग, तेस्रो खेलमा पर्सि अफगानिस्तानसँग, चौथो खेलमा आउँदो मङ्गलवार दक्षिण अफ्रिकासँग र पाँचौं खेलमा बुधवार आयोजक पाकिस्तानसँग खेल्नेछ । नेपाल र भारतबीच नोभेम्बर २९ तारिखमा खेल हुने तालिका थियो । तर भारत सहभागी नभएपछि नेपालले वाक ओभर पाएको छ । भारतले आफ्नो टिमलाई पाकिस्तान जान स्वीकृति नदिएपछि भारत सहभागी नहुने भएको हो ।

लिग चरणमा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । यो विश्वकप खेल्न हवाई टिकटका लागि रकम अभाव भएपछि नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान पुगेको छ ।

चौथो संस्करणको नेत्रहीन क्रिकेट टी–२० विश्वकप आउँदो डिसेम्बर ३ तारिखसम्म चल्नेछ । खेलहरू लाहोर र मुल्तामा हुनेछन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300