२३ आषाढ २०८२, सोमबार

मकालु एभरेष्ट हस्पिटलमा भारतीय विशेषज्ञ चिकित्सकद्वारा सेवा सुरु

Logo
सन्तोष मेहता आइतबार, मंसिर ०९, २०८१

बिराटनगर, कार्तिक ८ । बिराटनगरस्थित मकालु एभरेष्ट हस्पिटलमा भारतको एम्स (AIIMS) बाट विशेषज्ञता हासिल गरेका फिजिसियन डा. बिमलेश यादवले सेवा सुरु गर्नुभएको छ । इन्टरनल मेडिसिनमा एम.डी. गर्नुभएका डा. यादवले अब दैनिक ओ.पि.डी. सेवा प्रदान गर्नुहुने भएको छ ।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत सन्तोष मेहताले दिएको जानकारी अनुसार, डा. यादवले मुटु, फोक्सो, मृगौला, कलेजो, स्नायु, बाथ, मधुमेह, थाइराइड, उच्च रक्तचाप र विभिन्न संक्रामक रोगहरूको उपचार गर्नुहुनेछ । साथै उहाँले ओ.पि.डी., आई.पि.डी. र आई.सि.यू. मा २४ सै घण्टा सेवा प्रदान गर्नुहुने मेहताले बताए ।

बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एम.बि.बि.एस. गरेका डा. यादवले भारतको एम्स (AIIMS) बाट पूर्ण छात्रवृत्तिमा इन्टरनल मेडिसिनमा एम.डी. गर्नुभएको हो । उहाँले मकालु एभरेष्ट हस्पिटलमा आफ्नो सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।

यस नयाँ सेवा विस्तारसँगै बिराटनगर र आसपासका क्षेत्रका बिरामीहरूले उच्चस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300