

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय कार्य सम्पादन सदस्य तथा पूर्वमन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्कीले बराहक्षेत्र नगरपालिकाका विभिन्न विकास योजनाहरूको स्थलगत अनुगमन गर्नुभएको छ ।
उहाँले बराह क्षेत्रका वडा नं ८ र ९ को सीमाना, शान्ति चौक, खुनीयाधार, हिडलुवा र छब्बीस पाइप क्षेत्रमा निर्माणाधीन सडक आयोजनाहरू र अन्य पूर्वाधार विकास योजनाहरूको गहन अध्ययन गर्नुभयो ।
स्थानीय जनप्रतिनिधि र नगर नेताहरूसँग संगै अनुगमन गर्दै कार्कीले स्थानीय विकासका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले योजनाहरूको गुणस्तर र प्रगतिको सम्बन्धमा स्थानीय अधिकारीहरूसँग छलफल समेत गर्नुभयो ।