११ जेठ २०८२, शनिबार

रौतहट जीप दुर्घटना अपडेट : ज्यान गुमाउने आठ जनाको परिचय खुल्यो

Logo
आजको अपडेट मंगलबार, मंसिर २५, २०८१

विराटनगर । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका आठ जना र घाइते भएका पाँच जनाको परिचय खुलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका–३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको ज्यान गएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

त्यस्तै दुर्घटनामा घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेवी महरालाई उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गएराति बा १६च ३१६२ नम्बरको जीप दुर्घटना भएको हाे । जीप अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300