२१ जेठ २०८३, बिहिबार

बागमती प्रदेश पर्यटन बर्ष 2024: पर्यटन प्रवर्द्धनको आह्वान

Logo
सन्तोष मेहता बुधबार, मंसिर २६, २०८१

विराटनगर । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री माननीय बिमल ठकुरी ज्यूले कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय सदानन्द मण्डल ज्यूलाई बागमती पर्यटन बर्ष 2024 को सन्दर्भमा विशेष निमन्त्रणा पत्र र मायाको चिन्ह हस्तान्तरण गर्नुभएको छ ।

निमन्त्रणापत्रमा बागमती प्रदेशका विभिन्न एतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूको भ्रमण गर्न आग्रह गरिएको छ। यो पहल बागमती प्रदेशको पर्यटन क्षेत्रलाई बढावा दिने उद्देश्यले गरिएको हो।

यस कार्यक्रमले दुवै प्रदेशबीच पर्यटन सहयोग र सांस्कृतिक आदान-प्रदानलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300