११ जेठ २०८२, शनिबार

तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित, नेपालगञ्जका शैक्षिक संस्था बन्द

Logo
आजको अपडेट बुधबार, माघ ०९, २०८१

केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढ्दै गएको हो । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।

सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । गएको सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताउनुभयो । चिसोले दमका बिरामी बढेका उहाँले बताउनुभयो ।

विराटनगर । उपचारका लागि आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका धेरै छन् । बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिनुभयो । यहाँ उपचारका लागि आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा. ठाकुरले बताउनुभयो ।

गौशाला र दक्षिवर्ती सम्सीमा रहेका प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिनुभयो ।

यसैबीच चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि माघ ११ गते पर्सि शुक्रवारसम्म जाडो बिदा दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ । चिसो बढेपछि विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको उहाँको भनाइ छ ।

अभिभावकले पनि बिदाका निम्ती अनौपचारिक रूपमा विद्यालय र पालिकामा अनुरोध गर्दै आएका थिए । नेपालगञ्जमा बाक्लो हुस्सु र कुहिरो लागेर घाम नलाग्दा चिसो बढेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300