२१ जेठ २०८३, बिहिबार

लियो जिल्ला परिषद ३२५ सीको विराटनगर रन कार्यक्रम सम्पन्न

Logo
सन्तोष मेहता बुधबार, माघ २३, २०८१

विश्व क्यान्सर दिवसको अवसर पारेर क्यान्सर विरुद्ध सचेतना जगाउने उदेश्यले लियो जिल्ला परिषद ३२५ सीको आयोजना तथा नोबेल मेडिकल कलेज सगको सहकार्यमा विराटनगर रन कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

नोबेल अस्पताल विराटनगर देखि शहिद रंगशाला सम्मको ५ किलोमीटर दुरिमा रन आयोजना भएको थियो । जसमा केनियाली धावक जुलियस म्युनिकी वाहोमले प्रथम स्थान हासिल गरे भने दोश्रो स्थानमा यम राज खत्री भए भने तेस्रो स्थान सरोज लिम्बूले सुरक्षित गरे ।

त्यस्तै महिला तर्फ बिमला तामाङले प्रथम स्थान ओगटिन भने दितिय स्थान इन्द्र कला नेम्वाङ भइन भने तेस्रो स्थान पुष्पा शेर्मा लिम्बुले सुरक्षित गरिन ।

कक्षा १२ सम्मका विद्यार्थी तर्फ अमर यादव प्रथम भए । दोश्रो कालुमान राई र तेस्रो स्थान अशोक कुमार मण्डलले हात पारे ।

कोशी प्रदेशका सामाजिक बिकास मन्त्री पाँचकर्ण राई ले उद्घाटन गरेको दौड प्रतियोगितामा पुरुष तर्फ प्रथम दितिय र तृतीय हुनेले क्रमस ३० हजार , १५ हजार र १० हजार प्राप्त गरे भने महिला तर्फ समेत सोही राशीको पुरस्कार प्राप्त गरे । त्यस्तै कक्षा १२ सम्म को बिद्यार्थी तर्फ प्रथम दितिय र तृतीय हुनेले पाँच हजार , तीन हजार र एक हजार प्राप्त गरे ।

स्लो साइकल रेसमा प्रथम हुँदै दिप सागर तामाङले १० हजार प्राप्त गरे दोश्रो हुँदै सेमाङ लिम्बुले ५००० प्राप्त गरे भने तेस्रो हुँदै सचिन कुमार साहले ३००० प्राप्त गरे ।साथै ट्राइसाइकल रेस समेत सम्पन्न भएको थियो ।

त्यस्तै सोही अवसरमा बिराटनगरका बिभिन्न कलेज तथा सस्थाहरुको सहभागितामा शहिद मैदान बाट जलजला चौक गोल्छा चौक हुँदै पुन शहिद मैदान सम्म सचेतना र्यालीको आयोजना गरिएको थियो । धेरै समय पछि बिराटनगरमा यस किसिमको बृहत सचेतना र्याली आयोजना भएको हो ।

साथै नोबेल अस्पताल प्राङ्गणमा बृहत सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । जसमा विराटनगरको चर्चित शुभम एन्ड ब्याण्डले आफ्नो प्रस्तुती दिएको थियो भने नोबेल अस्पतालका कर्मचारी तथा लियो क्लबमा आबद्ध युवाहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300