२३ आषाढ २०८२, सोमबार

नेपाली महिला फुटबलको उपाधि सपना अधुरै, फाइनलमा म्यानमारसँग स्तब्ध

Logo
आजको अपडेट बुधबार, फाल्गुण १४, २०८१

विराटनगर । १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपालले म्यानमारसँग २–० गोलको हार बेर्होयो । नेपाल प्रतियोगिताको उपविजेता बन्यो ।

खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्काे गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।

नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो ।

म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेमो ३९ वर्ष करिब ४ दशकमा नेपालले अहिलेसा्म जित्न सकेको छैन। नेपाल १३ पटक फाइनल पुगेको भने पछिल्लो डेढ दशक ९१५० वर्षमा हो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेकी नेपाली महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरिन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300