२३ आषाढ २०८२, सोमबार

सरकारले मिटरब्याज पीडितको समस्या समधानका लागि ध्यान नदिएको प्रचण्डको आरोप

Logo
आजको अपडेट बिहिबार, फाल्गुण १५, २०८१

देबानगन्ज (सुनसरी), १५ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले मिटरब्याज पीडितको समस्या समधानका लागि सरकारले ध्यान नदिएको बताएका छन्।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज गाउँपालिकामा आज आयोजित जनभेटघाट कार्यक्रममा प्रचण्डले मितरव्याज पीडितको समस्या समाधान गर्न आफूहरुले कानुन बनाएपनि अहिलेको सरकारले कार्यान्वयन गर्न ध्यान नदिएको आरोप लगाए । माओवादी नेतृत्वको सरकारले थालेको सुधारात्मक कार्य रोकेर यो सरकारले भ्रष्ट, माफिया र विचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको उनले बताए ।

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याएकोमा अब यसमा पनि समस्या आउन थालेको दाबी गरे ।  अघिल्लो सरकारले नागरिकताबिहीन नागरिकलाई नागरिकता दिन कानुन बनाएपनि अझै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उनले बताए ।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो संभव नभएको बताए। तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरुका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने  उल्लेख गर्दै उनले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने दाबी गरे ।

अध्यक्ष प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको बताए । देबानगन्ज जनयुद्धको बेलामा निकै योगदान गरेको पालिका भएको उल्लेख गर्दै उनले जनताले गरेको ऐतिहासिक योगदानको उच्च मूल्यांकन गरेको बताए ।

मधेसको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै प्रचण्डले कृषि पेन्सन, कृषि बीमा, ठाउँठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताए । उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको अवस्था रुपान्तरणका लागि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर अवस्थाको प्रत्यक्ष अवलोकन गर्न नै आफूहरु अभियानमा आएको उनले जानकारी दिए ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300