२३ आषाढ २०८२, सोमबार

च्याम्पियन्स ट्रफी क्रिकेट : समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्ड खेल्दै

Logo
आजको अपडेट आइतबार, फाल्गुण १८, २०८१

विराटनगर । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र न्युजिल्याण्डले खेल्दैछन् ।

समूह ‘ए’ को यो खेल दिउँसो पौने ३ बजे यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । यो खेलको बिजेता टोली समूह ‘ए’ को विजेता बन्नेछ ।

समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता टोली अस्ट्रेलियासँग र उपविजेता टोलीले समूह ‘बी’ को विजेता टोली दक्षिण अफ्रिकासँग खेल्नेछ ।

च्याम्पियन्स ट्रफी क्रिकेटमा हिजो भएको समूह ‘बी’ को खेलमा इङ्गल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

जीतसँगै दक्षिण अफ्रिका ५ अङ्कका साथ समुह ‘बी’ को विजेता बनेको हो । ४ अङ्क रहेको अस्ट्रेलिया समूहको उपविजेता बन्यो । समूह ‘बी’ का अफगानिस्तान र इङ्गल्यान्ड समूह चरणबाटै बाहिरिए ।

समूह ‘ए’ बाट भारत र न्युजिल्याण्ड सेमिफाइनलमा पुग्दा बङ्गलादेश र आयोजक पाकिस्तान यसअघि नै बाहिरीसकेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300