११ जेठ २०८२, शनिबार

आज विराटनगर र जनकपुरमा उच्च तापक्रम हुने अनुमान

Logo
आजको अपडेट सोमबार, फाल्गुण १९, २०८१

विराटनगर ।  प्रि-मनसुनका दिन सुरु भएकाले अब देशभर गर्मी बढ्दै जाने छ । प्रि-मनसुन अर्थात् मनसुन सुरु हुनुभन्दा अघिका दिन १ मार्च (१७ फागुन)देखि सुरु हुन्छ ।

मार्च, अप्रिल र मे तीन महिनालाई प्रि–मनसुन अवधि भनिन्छ । यो अवधिमा गर्मी बढ्ने, हावाहुरी चल्ने, चट्याङ पर्ने लगायतका मौसमी गतिविधि हुन्छन् ।

गत वर्ष अत्यधिक गर्मी र तराईका जिल्लाहरुमा तातो हावाको लहर चल्दा विद्यालय नै बन्द गर्नुपरेको थियो ।

नेपालमा गत वर्ष एप्रिल २० मा भैरहवामा सबैभन्दा बढी गर्मी मापन भएको थियो । त्यहाँ ४३.६ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड भएको थियो ।

नेपालको हालसम्मकै उच्च तापक्रम भने ४६.४ डिग्री सेल्सियस हो । यो तापक्रम सन् १९९५ को जुन १६ मा धनगढीमा रेकर्ड भएको थियो ।

अहिले भने नेपालभर उल्लेख्य मौसमी प्रणाली केही पनि छैन । त्यसैले अहिले घाम मात्र लागिरहेको छ । यो घाम आगामी दिनमा अझै चर्को हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विराटनगर र जनकपुरमा सबैभन्दा बढी गर्मी हुने सम्भावना छ ।

विराटनगर र जनकपुरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300