

विराटनगर- विराट गाेल्डकपकाे उद्घाटन खेलमा रिजालकाे माेरङ एफसी विजयी भएकाे छ । रिजालको मोरङ एफसीले भारतीय टिम साउथर्न समिति फुटवल क्लव कलकतालाई ३-२ गाेल अन्तरले पराजित गरेकाे छ ।
खेल सुरू भएकाे ११ अैाँ मिनेटमा रिजालकाे माेरङका अविशेक गरूङले गाेल गर्दै खाता खाेलेका थिए । त्यसलगत्तै खेलकाे १३ अैाँ मिनेटमा कलकताका सुदिपता हाल्देनले गाेल फर्काएर खेललाई बराबरी गरेकाे थियाे।
कलकताकाे अनिमेशले खेलकाे ३४ अैाँ मिनेटमा गाेल गर्दै टिमलाई १-२ काे अग्रता दिलाए तर पहिलाे हाफकाे अतिरक्त समय रिजालकाे माेरङका दाेर्जे तामाङले पेनाल्टी सुटआउटमा गाेल गर्दै खेललाई २-२ काे बराबरीकाे अवस्थामा ल्याएका थिए ।
दाेस्राे हाफमा सुरूदेखि नै कलकतालाई दवावमा राखेकाे रिजालकाे माेरङका माैसम लिम्बूले खेलकाे ४४ अैाँ मिनेटमा गरेकाे गाेल निर्णायक रहयाे । खेलकाे म्यान अफ द म्याच पनि माैसम नै भए ।
भाेलीकाे खेल नेपाल एपीएफ फुटवल क्लव र सुदेभा दिल्ली फुटवल क्लवबीच हुनेछ ।