०९ जेठ २०८२, बिहिबार

जागृती महिला समाजको होली मिलन कार्यक्रम सम्पन्न

Logo
आजको अपडेट बुधबार, फाल्गुण २८, २०८१

विराटनगर । जागृति महिला उत्थान समाज कटहरीले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकोमा छ ।हिन्दुहरुको महान पर्व होलीको अवसरमा मोरङको कटहरी गाउँपालिका १ मा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कटहरी गाउँपालिकाका अध्यक्ष देवाराज चौधरीले जागृति उत्थान समाजले गरेको काम सराहनीय रहेको बताएका छन् । सबैको घरमा रङ्गीन, हर्षउल्लासका साथै सबैको घरमा खुशी होस् रङ्गहरुको पर्व हुनाले होली पर्वको शुभकामना दिनुभयो ।
कटहरी १ का वडाध्यक्ष हरिनारायण माझीले होली सहितका सांस्कृतिक पर्वहरुलाई संरक्षण र संवर्धन गर्न वडा कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरेको बताउनुभयो ।

सो अवसरमा सहभागि अतिथि तथा संस्थाका पदाधिकारीहरुले एकआपसमा रङ्ग अबिर साटासाटगर्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए । समाजले संस्कृति संरक्षणका साथै महिला हिंसा न्यूनिकरण तथा महिलाहरुको स्वास्थ्य क्षेत्रमा समेत कामगर्दै आएको समाजकी उपाध्यक्ष स्वस्तिका खाँ थारुले बताउनुभयो ।

कार्यक्रममा कटहरी गाउँपालिका उपाध्यक्ष सीता देवी राजबंशी, जागृति उत्थान समाजका अध्यक्ष सरस्वती यादव माझी लगायतले होली मिलनको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
स्थानिय राजनीतिक दलका प्रतिनिधिहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300