२१ जेठ २०८३, बिहिबार

लुम्बिनी प्रदेश सरकारका गाडीको दुरुपयोग

Logo
विनोद मेहता शनिबार, चैत्र ०८, २०८१

विराटनगर । लुम्बिनी प्रदेश सरकारका कर्मचारीहरूले जनताको करबाट सञ्चालन हुने सरकारी गाडीको  दुरुपयोग गर्दै मदिरा र जुवामा मस्त भएको खुलासा भएको छ ।

दाङको राप्ती गाउँपालिका–५, भुल्केमा सरकारी नम्बर प्लेट भएका गाडी पार्किङ गरी मन्त्रालयका कर्मचारीहरू खुलेआम मदिरा सेवन गर्दै जुवा खेलिरहेको दृश्य सार्वजनिक भएको छ ।

बा २ झ १४१३, बिएए १२६१, बा २ झ ३५६१, बिएए ०९११ विएए १३१६ नम्बर प्लेट भएका स्कोर्पियो गाडीहरू र केही मोटरसाइकल सरकारी कार्यालयका नाममा दर्ता गरिएका हुन्, जसलाई व्यक्तिगत विलासिताका लागि निर्लज्ज रूपमा प्रयोग गरिएको देखिन्छ ।

सरकारी सम्पत्तिको यसरी खुल्लमखुल्ला दुरुपयोग हुनु निन्दनीय मात्र होइन, गम्भीर अपराध पनि हो । तर,मन्त्रालय प्रशासन भने मौन बसेको छ ।

स्थानीयबासीहरू यस्ता गैरजिम्मेवार कर्मचारीहरूलाई तत्काल कारबाही गर्न माग गरिरहेका छन् । जनताको करबाट खरिद गरिएका गाडीहरू सरकारी कामका लागि प्रयोग हुनु पर्ने हो । तर, तिनै कर्मचारीहरू ती साधनलाई व्यक्तिगत रमाइलो, मस्ती, र उच्छृंखल गतिविधिका लागि दुरुपयोग गरिरहेका छन् ।

यस्तो भ्रष्टाचारलाई निरुत्साहित गर्न प्रदेश सरकार किन चुप छ ? यस्तो गैरजिम्मेवार र भ्रष्ट व्यवहार रोक्न सम्बन्धित निकायहरूले छानबिन गरी संलग्न कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300