२१ जेठ २०८३, बिहिबार

इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागि नियन्त्रण ,हेलोकप्टर मार्फत आगलागीमा फसेकाको उद्वार

Logo
आजको अपडेट बुधबार, चैत्र १२, २०८१

विराटनगर । सुनसरीको इटहरी मुख्य चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा आगलागी हुँदा भवनभित्रै फसेका ११ जनाको सकुशल उद्दार गरिएको छ। उनीहरुलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो। उद्दार हुनेमा ८ पुरुष र ३ महिला रहेका छन्।

आगो भने अझै नियन्त्रणमा आएको छैन। उद्दार गरिएकालाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी लगिएको छ। सेन्ट्रर प्लाजाको पाचौं तलाबाट सुरू भएको आगो अन्य स्थानमा पनि फैलिएको छ।

भवनमा आगलागीमा केही मानिस फसेपछि उद्दारका लागि गृहमन्त्रालयले सेनाको हेलिकोप्टर पठाएको थियो।

सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाइ र तोपबहादुर खनालको कमाण्डमा खटिएका टोलीले फसेका मानिसहरूको उद्धार गरेको हो।

आगो नियन्त्रण लिन एक दर्जन बढी दमकल परिचालन गरिएको छ। विराटनगर, झापा तथा सुनसरीका विभिन्न स्थानका दमकल ल्याइएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय आगो नियन्त्रणमा जुटेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. ३५२१४१
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 021-476000, 9863003300