१० जेठ २०८२, शुक्रबार

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

Logo
आजको अपडेट आइतबार, चैत्र १६, २०८१
तस्बिर : एजेन्सी

विराटनगर । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादले खेल्दैछन् । यो खेल विशाखापट्टनममा नेपाली समय अनुसार पौने ४ शुरु हुनेछ ।

पहिलो खेल जितेको दिल्ली दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने दुई खेल खेलेको हैदराबादले एक खेल जितेको छ । हैदराबाद दुई अङ्कसहित छैटौं स्थानमा छ ।

यस्तै आजको दोश्रो खेल गुवाहाटीमा नेपाली समय अनुसार पौने ८ बजे राजस्थान रोयल्स् र चेन्नई सुपर किङ्ग्सबीच हुनेछ । दुई खेलमा जीतविहिन राजस्थान तालिकाको पुछारमा छ । चेन्नई दुई खेलमा दुई अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300