१० जेठ २०८२, शुक्रबार

सुनसरीको कोशी गाउँपालिकामा आगलागी हुँदा ६० लाख रुपैयाँको क्षति

Logo
सन्तोष मेहता शुक्रबार, बैशाख ०५, २०८२

सुनसरी – सुनसरीको कोशी गाउँपालिका–६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुरा) ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर जलेर नष्ट भएको छ ।

स्थानीयवासी बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुशीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । हिजो बाबुनन्दको घरबाट आगलागी शुरू भएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300