०९ जेठ २०८२, बिहिबार

नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित

Logo
आजको अपडेट शुक्रबार, बैशाख ०५, २०८२

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नविन) निर्वाचित हुनु भएको छ ।

पदाधिकारीमा गिरीको प्यानलनै निर्वाचित भएको छ । अध्यक्षका प्रत्यासी रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित हुनु भएको हो । गिरीले १७३ र कोइरालाले १२१ मत प्राप्त गर्नु भयो । कोइराला निवर्तमान संगठन कमिटीका अध्यक्ष र गिरी सचिव हुनुहुन्थ्यो । महानगरक कमिटीको उपाध्यक्षमा सुरज न्यौपाने निर्वाचित हुनुभयो । उहाँले उपाध्यक्षका अर्का प्रत्यासी राम पोखरेललाई ९ मतान्तरले पराजित गर्नुभयो । न्यौपानेले १४५ र पोखरेलले १३६ मत प्राप्त गर्नुभयो ।

सचिवमा विज्ञान चापागाई निर्वाचित हुनुभयो । उहाँले १८३ र सचिवका प्रत्यासी नवराज काफ्लेले १०४ मत प्राप्त गर्नुभयो । उपसचिव खुल्लामा हमिद आजाद निर्वाचित हुनु भएको छ । उहाँले उपसचिवका अर्का प्रत्यासी चन्द्रशेखर विश्वासलाई पराजित गर्नुभयो । आजादले १७८ र विश्वासले ९८ मत प्राप्त गर्नुभयो । उपसचिव महिलामा हिमा मैनाली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले उपसचिवकी प्रत्यासी कला डाँगीलाई पराजित गर्नुभयो । पोखरेलले १६९ र डाँगीले १११ मत प्राप्त गर्नुभयो । यसअघि महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भएका थिए ।

अधिवेशनमा ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका थिए । महानगर अधिवेशन वैशाख २ गते नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा उद्घाटन भएको थियो । बन्द शत्र पनि सोही स्थानमा गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300