०९ जेठ २०८२, बिहिबार

कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी कार्यक्रम सुरु

Logo
सन्तोष मेहता शुक्रबार, बैशाख ०५, २०८२

विराटनगर । कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूमा रहेको प्रतिभालाई पहिचान गर्ने अभियान थालिएको छ। “कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान” भन्ने नारासहित यो अभियानको शुरुवात गरिएको हो ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, कोशी प्रदेश शाखाको आयोजनामा यो कार्यक्रम संचालन हुँदैछ। करुणा फाउन्डेसन नेपाल, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र अन्य सरोकारवाला निकायहरूको सहकार्यमा यो पहल अगाडि बढाइएको छ ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले अपाङ्गता भएका व्यक्तिहरूमा अन्तर्निहित प्रतिभाको पहिचान, प्रोत्साहन र व्यवसायीकरण गर्ने उद्देश्य रहेको बताएको छ ।

महासंघका कोशी प्रदेश अध्यक्ष नविनचन्द्र ढुङ्गेलका अनुसार, “आर्थिक तथा सामाजिक रूपमा सक्षम नभइकन कुनै पनि व्यक्ति पूर्णरूपमा आत्मनिर्भर हुन सक्दैन । दुर्भाग्यवस, अपाङ्गता भएका व्यक्तिहरू अवसरको अभावले अरूमा निर्भर रहेर कठिन जीवन बिताउन बाध्य छन्।” उनले थप बताए, “अपाङ्गता हुनु असक्षम हुनु होइन। उचित वातावरण र अवसर प्राप्त भएमा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफ्नो सीप, कला र क्षमता प्रदर्शन गरी परिवार, समाज र राष्ट्रलाई महत्वपूर्ण योगदान दिन सक्छन् ।”

नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४, तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ जस्ता कानुनी प्रावधानहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर र सशक्त बनाउँदै समावेशी समाज निर्माणको परिकल्पना गरेको ढुङ्गेलले उल्लेख गरे ।

कार्यक्रम अन्तर्गत कोशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूले कविता वाचन, वक्तृत्वकला, संगीत तथा गायन, अभिनय, क्यारिकेचर, नृत्य, चित्रकला, हस्तकला र नवप्रवर्द्धन (इनोभेसन) लगायत नौ विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्। यी विधाबाहेक अन्य क्षेत्रमा क्षमता भएकाहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्नेछन् ।

इच्छुक व्यक्तिहरूले http://qr-codes.io/pA49Gy मार्फत आवेदन फारम भरेर आफ्नो प्रतिभा पठाउन सक्नेछन्। प्राप्त प्रस्तुतिहरूलाई सम्बन्धित क्षेत्रका विज्ञहरूद्वारा मूल्यांकन गरिनेछ र उत्कृष्ट प्रतिभाहरूलाई व्यावसायिक मार्गमा अगाडि बढाउने योजना रहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300