०९ जेठ २०८२, बिहिबार

शिक्षक महासंघले भन्यो– आन्दोलनमा घुसपैठ भयो

Logo
आजको अपडेट आइतबार, बैशाख १४, २०८२

विराटनगर । नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा सरकारपक्षबाटै घुसपैठ भएको दाबी गरेको छ । घुसपैठकै कारण झडपको स्थिति सिर्जना भएको महासंघको भनाइ छ ।

नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईले आफहरूले शान्तिपूर्ण आन्दोलन भाड्न घुसपैठ भएको जिकिर गरे ।

“शान्तिपूर्ण शिक्षक आन्दोलन भाड्नका लागि घुसपैठ भएको छ । घुसपैठ गर्ने दुईजनालाई प्रहरीले लाठी चार्ज गरेपछि उहाँहरूले माफी मागिसक्नुभएको छ,” राईले भने ।

आज बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपमा परेर केही शिक्षक घाइते भएको महासंघले जनाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिले स्थिति सामान्य बनिसकेको बताइन् । “अहिले आन्दोलन शान्तिपूर्णरूपमा चलिरहेको छ,” उनले भनिन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300