०९ जेठ २०८२, बिहिबार

शिक्षक आन्दोलनको आज २८औं दिन : वार्ता सकारात्मक भए पनि महासङ्घले आन्दोलन नरोक्ने

Logo
आजको अपडेट मंगलबार, बैशाख १६, २०८२

काठमाण्डौ केन्द्रित शिक्षकहरुको आन्दोलन आज २८औं दिन पुगेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरुको आन्दोलन नरोकिने बताउनुभएको छ ।

गएराति सरकारसँग भएको वार्तामा ठोस सहमति जुट्न नसकेको भन्दै उहाँले आफूहरुले मागेअनुसार राज्यले दिन नचाहेको टिप्पणी गर्नुभएको छ ।

गएराति अबेरसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भएको थियो । सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गर्नुभएको थियो भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।

वार्तापछि शिक्षामन्त्री पन्तले केही विषय टुङ्गो लगाउन बाँकी रहेको तर वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिनुभएको छ ।

शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको बताउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गर्नुभयो । महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को हिजोको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो ।

मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षक आन्दोलनको माग तत्कालै सम्बोधन हुने बताउनुभएको थियो ।

विद्यालय शिक्षा ऐनलगायत माग राखेर  शिक्षकहरूले गएको चैत २० गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300