०९ जेठ २०८२, बिहिबार

पेट्रोलियम पदार्थको भाउ घट्यो

Logo
आजको अपडेट बिहिबार, बैशाख १८, २०८२

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल,मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।

निगमका अनुसार पेट्रोल लिटरमा २ रुपैयाँ, डिजेल/मट्टीतेलमा १ र हवाई ईन्धनमा ४ रुपैयाँ मूल्य घटाइएको हो ।

त्यस्तै एलपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ । एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत् राखिएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १५५,दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै डिजेल र मट्टीतेल पहिलो वर्गमा १४२, दोस्रो वर्गमा १४४,तेस्रो वर्गमा १४५ कायम गरिएको छ । हवाई इन्धन आन्तरिकतर्फ १२१ कायम गरिएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300