१० जेठ २०८२, शुक्रबार

पत्रकार किशोर बुढाथोकी, सुरेन्द्र भण्डारी र अग्रज पत्रकार यज्ञ शर्मा सम्मानित

Logo
आजको अपडेट शनिबार, बैशाख २०, २०८२

 

विराटनगर । विराटनगरका पत्रकार किशोर बुढाथोकी र झापाका सुरेन्द्र भण्डारीलाई सूचनाको हकको क्षेत्रमा उल्लेखनीय योगदानका लागि पुरस्कृत गरिएको छ। मुलुकी खबर अनलाइनका सम्पादक एवं अन्नपूर्ण पोस्टका कोशी प्रदेश ब्युरो प्रमुख बुढाथोकीलाई १ लाख १ सय रूपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार, २०८१ प्रदान गरिएको छ ।

भण्डारीलाई २५ हजार २५ रूपैयाँ राशिको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

भोजपुरको षडानन्द नगरपालिका–८ तुङ्गेछाका बुढाथोकी विगत १३ वर्षदेखि सूचनाको हकको क्षेत्रमा र २ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनले संखुवासभाबाट पत्रकारिता यात्रा सुरु गरी २०६८ देखि विराटनगरमा पत्रकारिता गर्दै आएका छन् ।

सोही कार्यक्रममा अग्रज पत्रकार यज्ञ शर्मालाई पनि सम्मानित गरिएको थियो ।

प्रत्येक वर्ष नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा यो पुरस्कार वितरण गरिने गरिएको छ। सूचनाको हकको क्षेत्रमा क्रियाशील रहेर नीति निर्माण, सुशासन एवं पारदर्शिताको पक्षमा काम गर्ने व्यक्तिहरूलाई यो पुरस्कार प्रदान गरिन्छ ।

यसवर्ष चैत १६ गते महासंघको ७० औं स्थापना दिवसमा गर्न लागिएको पुरस्कार वितरण कार्यक्रम राजावादीको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको निधन भएपछि पत्रकार महासंघ आन्दोलित बनेकाले स्थगित भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300