०९ जेठ २०८२, बिहिबार

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न: ८१ पिन्ट रक्त संकलन

Logo
सन्तोष मेहता बुधबार, जेठ ०१, २०८२

विराटनगर । नेपाल बीमा प्राधिकरणले ५६ औं वर्ष पूरा गरी ५७ औं वर्षमा प्रवेश गरेको अवसरमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले रेडक्रस सोसाइटी मोरङ च्याप्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ च्याप्टरका सभापति सुकदेव मण्डलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रम आज बुधबार विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा जीवन, निर्जीवन, लघु बीमकका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयर तथा अन्य व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा कुल ८१ पिन्ट रगत संकलन गरिएको नेपाल बीमा प्राधिकरण विराटनगरका प्रमुख विनोद कुमार पोखरेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख पोखरेलले बीमाकर्मीले रक्तदान जस्तो मानवीय कार्यमा सहभागी भएर समाजप्रतिको आफ्नो दायित्व पूरा गरेको बताए । यसैगरी प्रमुख अतिथि मण्डलले हाल रगतको अभाव बढ्दै गएको र युवा पुस्ता विदेशिएका कारण रगतदाता कम हुँदै गइरहेको अवस्थामा यस्ता कार्यक्रमले केही भएपनि रगतको अभाव कम गर्न योगदान र्पुयाएको बताए । उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरू आयोजना गर्न सुझाव दिँदै कार्यक्रमको सफलताको शुभकामना दिए ।

 

यसैबीच, नेपाल बीमा प्राधिकरण कोशी कार्यालयले जेष्ठ १ गते भोलि बिहिबार विराटनगरको तिनपैनीबाट महेन्द्र चोकसम्म बिहान ८ बजे प्रभातफेरी कार्यक्रम आयोजना गरी बीमा दिवस तथा ५७ औं वार्षिकोत्सव मनाउने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300