

विराटनगर । शिक्षा क्षेत्रमा लामो समयदेखि नेतृत्व, नवीन पहलकदमी र समर्पणद्वारा अनुकरणीय योगदान पुर्याउँदै आएका विराटनगरस्थित श्री आदर्श माविका प्रधानाध्यापक श्री सन्तोष पोखरेललाई ‘वर्षकै उत्कृष्ट प्रधानाध्यापक पुरस्कार २०८२’ प्रदान गरिने भएको छ।
प्रधानाध्यापक संघ नेपाल (PAN) को आयोजनामा हरेक वर्ष प्रदान गरिने यस पुरस्कारका लागि कोशी प्रदेशका प्रतिनिधित्व गर्दै पोखरेल चयन भएका हुन्। उनी शिक्षाविद् प्रा.डा. विद्याधर कोइरालाको नेतृत्वमा गठित मूल्याङ्कन समितिले तय गरेको शैक्षिक मापदण्ड र नेतृत्त्व मूल्याङ्कनको आधारमा पुरस्कृत हुने भएका हुन्।
उक्त पुरस्कार कार्यक्रम २०८२ फागुन २३ गते पोखरामा आयोजना हुने ‘PAN दोस्रो राष्ट्रिय सम्मेलन २०८२’ मा प्रदान गरिनेछ। कार्यक्रम पोखरा सभागृह मा बिहान १०:३० बजे सुरु हुनेछ। सम्मेलनको मूल नारा “नेतृत्वका नयाँ परिभाषा: विद्यालय उत्कृष्टताको लागि परिवर्तनको अग्रदूत” रहेको छ।
कार्यक्रममा देशभरका शिक्षाविद, नीति निर्माता, शिक्षक, प्रधानाध्यापक र करिब १००० भन्दा बढी सहभागी हुने आयोजकले जानकारी दिएको छ। पुरस्कार ग्रहण समारोहमा सहभागी भई पोखरेलजस्तो प्रेरणादायी व्यक्तित्वलाई सम्मान गरिदिन आयोजकले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ।