

विराटनगर । सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन् । ताकेश्वर नगरपालिका -३ स्थित श्रिनाथ वुटिक रिसोर्ट क्षेत्रबाट उनलाई प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार डा. श्रेष्ठ बालाजुमा भेटिएका प्रहरीले आफ्नो कार्यालय भद्रकाली ल्याउदैछ।
केशव श्रेष्ठले फेसबुकमार्फत केही दिनअघि आत्महत्या गर्ने आशय प्रकट गर्दै स्टाटस लेखेका थिए । त्यसपछि उनी परिवार, साथीभाइ तथा आफन्तहरूसँग सम्पर्कविहीन भएका थिए । उनको अवस्था बारेमा चिन्तित आफन्त तथा शुभचिन्तकहरूले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट खोजी गर्न अपिल गरेका थिए ।