२३ आषाढ २०८२, सोमबार

भोक्राहा नरसिंह गाउँपालिकाको ६० करोड ३६ लाखको बजेट सार्वजनिक, पाँच कर्मचारी र पत्रकार मेहता सम्मानित

Logo
आजको अपडेट सोमबार, आषाढ ०९, २०८२

विराटनगर । भोक्राहा नरसिंह गाउँपालिकाको कुल बजे ६० करोड ३६ लाख ५० हजार बजेट गाउँ सभा मार्फत सार्वजनिक गरिएको छ ।

आइतबार पालिकाको सभा हलमा असार ८ गते आइतबार गाउँ सभा मार्फत बजेट , निति कार्यक्रम सार्वजनिक गरिएको हो।
भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभा अधिवेशनका अवसरमा अध्यक्ष अजमल अख्तर अजादले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। उक्त कार्यक्रममा विशेषगरी शिक्षा , स्वास्थ्य कृषि ,भौतिक संरचना र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ।

पालिका अध्यक्ष अजादले “ कृषि पेसामा आधारित किसानहरुलाई कृषिकरणमा थप मदतका लागि कृषि मोटर बोडिङ्ग , निशुल्क स्वास्थ्य विमा, सडक तथा बाटो कालोपत्र , मर्मत , महिलाको उद्यमशीलता र क्षमतामा अभिवृद्धि, जेष्ठ नागरिकलाई पहिलो प्राथमिकता , पोलबती जडान लगायत गाउँ पालिका समृद्धि” भन्ने नीति, कार्यक्रमलाई निरन्तरता दिइने जानकारी बताउनु भयो।
आयोजित उक्त कार्यक्रमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेस गाउँ इकाइ सभापति युवराज दाहाल , गाउँपालिका उपाध्यक्ष सुनिता उराँव प्रमुख प्रसासकिय अधिक्र,बिनोद अधिकारी , वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्म मेहता , वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी ,वडा नम्बर ३ का वडा अध्यक्ष धिरेन्द्र यादव , वडा नम्बर ४ का वडा अध्यक्ष हारुण अन्सारी , वडा नम्बर ५ का वडा अध्यक्ष हबिब मन्सुरी , वडा नम्बर ६का वडा अध्यक्ष सेराजुदिन्न मन्सुरी ,वडा नम्बर ७ का वडा अध्यक्ष बोवालाल यादव , वडा नम्बर ८ का वडा अध्यक्ष उषमान मिया , वडा सदस्यहरु, कर्मचारीहरु लगायत पत्रकारहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको थियो ।

पत्रकार मेहता गाउँ सभा बाट सम्मानित

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १८औं गाउँ सभा बाट पत्रकार सुरेन्द्र मेहता सहित उत्कृष्ट ५ जना कर्मचारी लाई सम्मान गरेका छन ।
नेपाल पत्रकार महासंघ सुनसरी जिल्ला कार्यक्रम समिति सदस्य सुरेन्द्र मेहता लाई सम्मान गरेको हो ।
सञ्चार क्षेत्रको निरन्तर सेवामा समर्पितभई समाज परिवर्तनमा प्रभावकारी योगदान पु¥याउँदै आउनु भएको मेहताको सम्मानले समग्र पत्रकारिता क्षेत्रलाई गौरवान्वित तुल्याएको छ । आगामी दिनहरूमा समाज र देशमा सञ्चार माध्यम बाट अझ उच्च सफलता, सम्मान, र योगदनका लागि पत्रकार मेहतालाई
दोसल्ला ओडाइ , अबिरको टीका , सम्मानपत्र सहित भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अखतर , उपाध्यक्ष सुनिता कुमारी उराँव र प्रमुख प्रसासकिय अधिकृत बिनोद अधिकारीले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

कोशी ब्रोडकास्टीङ्ग नेटवर्क प्रा. लि.
कम्पनी दर्ता नं. २६८७५६
सूचना विभाग दर्ता नं.४९३९-०८१/८२
प्रेस काउन्सिल दर्ता नं.४९४०-०८१/८२

हाम्रो टीम

अध्यक्ष  : डुमरलाल मेहता

प्रबन्ध निर्देशक: सन्तोष मेहता

सम्पादक : रणजीत कुमार मेहता

सम्पर्क

Address: Biratnagar, Morang

Gmail: [email protected]

Phone: 9746950220, 9863003300